जापानका शहर आँधीको चपेटामा, जनजिवन प्रभावित

भदौं २३, एजेन्सी — जापानका अधिकाां शहरहरु यतिबेला आँधीको चपेटामा परेका छन् ।

भारी वर्षापछि आएको आँधीले जापानको जनजीवन प्रभावित बनाएको छ । जापानका टोकियो, कानागावा, सिङजुका शहर आँधीको चपेटामा परेका छन् । ती शहरका ३ लाख ९० हजार नागरिकलाई सुरक्षित रहन अपील गरिएको छ ।

आँधीका कारण जापानमा हवाई उडानदेखि रेलवे सेवासमेत अवरुद्ध बनेको छ । । बिजुली आपूर्ति बन्द हुँदा २ लाख ९० हजार मानिस अँध्यारोमा बस्न बाध्य छन् । सरकारी कार्यालयहरुको कामकारबाही पनि प्रभावित बनेको छ ।