अष्ट्रेलियासंग १ सय ८५ रनले ईङ्ल्याण्डको हार

भदौं २३, एजेन्सी — एसेस सिरिजको चौथो टेष्टमा अष्ट्रेलियाले ईङ्ल्याण्डलाई १ सय ८५ रनले हराएको छ ।

तिव्र गतिका बलर प्याट कमिन्सले शानदार बलिङ प्रर्दशन गर्दै ४३ रन दिएर ४ विकेट लिएपछि अष्ट्रेलियाले ओल्ड ट्राफोर्डमा ठुलो जित निकाल्न सफल भएको छ ।

जितसँगै अष्ट्रेलियाले १८ वर्षपछि घरेलु मैदान बाहिर एसेज ट्रफी रक्षा गरेको छ । र, अष्ट्रेलिया २–१ ले अघि बढेको छ । पाँचौ तथा अन्तिम खेलमा बिहिबार सुरु हुनेछ ।