भदौं २३, काठमाडौं — धुवाँ पनि नहुने, आवाज नि नआउने यी बिशेषता हुन बिद्युतीय सवारीका । प्रबिधिको बिकाससंगै पछिल्लो समयमा बिद्युतीय सवारीको आकर्षण बढ्दै गइरहेको छ ।
उपत्यकामा बिद्युतीय सवारीको संख्या पनि बढ्दै गइरहेको छ । बिद्युतीय बस साझा बस अहिले सबैको लोकप्रिय बस बन्न पुगेको छ । निजी कम्पनीहरुले पनि अहिले विद्युतीय चार्ज मार्फत सार्वजनिक बस सेवा सुरु गर्न थालेका छन् ।
आजदेखि सुन्दर यातायात प्रालिले बिद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । प्रालिले पहिलो चरणमा दुईवटा विद्युतीय बसबाट रिङरोडमा सेवा दिने भएको हो । प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउने योजना बनाएको छ । कम्पनीले वर्षभरिमा २५ वटा बस काठमाडौंमा सञ्चालन गर्नका लागि ल्याइने योजना रहेको जनाएको छ ।
सुन्दरले ल्याउने बस ४० सिट क्षमता सम्मका छन् । कम्पनीले फरक–फरक रुटमा चलाउन सकिने गरी तीन किसिमका बस ल्याउनेछ । कम्पनीका अनुसार बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । त्यसबाट यात्रुले कार्ड राखेर आफ्नो तोकिएको भाडा भुक्तानी गर्न सक्नेछन् । गाडीमा सीसी क्यामेरा, जीपीएस, ह्यांगर लगायतको सुविधा रहनेछ ।