तोकिएकै समयमा संविधान: वर्षमान पुन

साउन २५, काठमाडौँ – एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले तोकिएकै समयमा संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । दार्चुलाको गोकुलेश्वरमा आज सम्पन्न दार्चुला–बैतडीको संयुक्त पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । संविधान निर्माण आफ्नो पार्टीको प्रमुख एजेन्टा भएकाले समयै जनमूखि संविधान जारी गर्न आफुहरु प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले पार्टी एक ढिक्का भएर अघि बढेको उहाँको भनाइ छ । यसैगरी केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदीले विदेशीहरुले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभयो । विदेशीको षड्यन्त्रले एमाओवादीलाइ कुनै असर नपर्ने बताए ।  कार्यकर्तालाइ सम्बोधन गर्दै उपसभामूख ओमसरी घर्तिमगरले अन्य राजनीतिक दलहरुको भन्दा एमाओवादीसंग बढि एजेन्टा भएका र संविधानसभा पनि एमाओवादीकै प्रमुख एजेन्टा भएकाले समयमै संविधान जारी हुनेमा ढुक्क हुन आग्रह गरीन् ।  यसैबीच विगत लामो समयदेखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर एयरपोर्ट सञ्चालन लगायतका मागहरु राख्दै गोकुलेश्वर बहुमूखि क्याम्पसले आज एकीकृत नेकपा माओवादीका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनलाइ अनुरोध पत्र बुझाएको छ ।