उपसमितिद्धारा तराइका समुहसँग वार्ता सुरु

साउन २५, काठमाडौँ  –  संबिधानसभा अन्र्तगतको संबैधानीक राजनीतिक सम्बाद तथा सहमती समिति अन्र्तगतको प्रारंभिक वार्ता उप–समितिले तराईका समुहसँग आजबाट वार्ता शुरु गरेको छ ।

हिजै वार्ता गर्ने गरि समितिले तयारी गरेपनि आज अपरान्ह पछि मात्रै वार्ता शुरु गर्न समिति सफल भएको छ । आज बिभिन्न ९ वटा समूहमा वार्ता गर्ने भनिएपनि जम्मा ४ वटा समूह मात्रै वार्तामा सहभागी भएका छन् ।

बिगतमा पनि सरकारले तराईका भूमिगत समूहसंग वार्ता गरेर सहमति कार्यान्वयन नगरेको भन्दै भूमिगत समूह वार्तामा आउन नमानेको वार्ता समितिका संयोजक आनन्द प्रसाद ढुङगानाले जानकारी दिनुभयो ।

भोली देखि वार्तामा सहभागी हुने समूह बढ्ने समितिले विश्वास लिएको छ । ढुंगानाको संयोजकत्वको उपसमितिले संबिधान निमार्णमा सबैको धारणा समेट्ने उद्येश्यले यस्ता समुहसँग वार्ता गर्न लागेको जनाएको छ ।