यस्ता छन् माओवादीका ४० क्षेत्रका सभासद उमेद्वार

असोज, १५ काठमाडौं । सभासद उमेद्वार आकांक्षी धेरैभएपछि ढिलो गरेर एमाओवादीले संविधानसभा प्रत्यक्ष निर्वाचनका लागि  थप ४० क्षेत्रको उम्मेदवार घोषणा गरेको छ । 

आइतबारनै ४२ क्षेत्रका उमेद्वार घोषणा गरेको माओवादीले जम्मा ८२ क्षेत्र टुंगो लगाएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको उम्मेदवार छनोट समिति र हेडक्वाटरको बैठकले सोमबार थप ४० क्षेत्रको उम्मेदवारको टुंगो लगाएको हो । छनोट समिति संयोजक तथा नुवाकोट क्षेत्र नम्वर ३ का सभासद उमेद्वार पोस्टबहादुर बोगटीका अनुसार आज सबैक्षेत्रका उमेद्वारको टुंगो लाग्ने छ ।

घोषित उमेद्वार लिष्टमा अधिकाशं ठुला नेताको निर्वाचन क्षेत्र केही हेरफेर गरिए पनि नेता ेपोष्टबहादुर बोगटीले भने नुवांकोट क्षेत्र नम्वर ३ नै रोज्नुभएको छ । गत संविधानसभा निर्वाचनमा प्रत्यक्षमा सोहि क्षेत्रबाट बिजयी बोगटी सहित नुवाकोटका तिनै क्षेत्रमा पुरानै अनुहार राखिएको छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशसँग बस्दै आएकी तेस्री श्रीमति जसलाई औपचारीकता दिइएको छैन बिना मगरले कञ्चनपुर १ बाट प्रत्यक्ष निर्वाचनमा टिकट पाएकी छन् ।

यस्तो छ ४० क्षेत्रको नामावली :

 

उदयपुर १- राजन किराँती २- सुरेशकुमार राई ३- मोहन ब.खत्री पाँचथर १- आइन्द्र केरुङ २- दिनेश लावती इलाम १- युवराज पौडेल २- रमेशकुमार लिङदेन ३- धिरेन्द्र शर्मा सल्यान १- टेक ब.बस्नेत २- भीमप्रकाश शर्मा रोल्पा १- कृष्ण ब.महरा २- ओनसरी घर्ती रुकुम १- गणेशमान पुन २- जनार्दन शर्मा प्यूठान १- नवराज सुवेदी २- कृष्णध्वज खड्का गुल्मी १- सुदर्शन बराल २- अशोक थापा ३- बामदेव क्षत्री म्याग्दी – लोकेन्द्र बिष्ट मगर बागलुङ १- कृष्ण के.सी. २- लीलबहादुर थापा ३- तुलसी अर्याल गोरखा १- बाबुराम भट्टराई २- हितराज पाण्डे ३- छमबहादुर गुरुङ स्याङ्जा १- शैलेन्द्र घिमिरे २- कल्पना अर्याल ३- डम्मरदेव अर्याल मुस्ताङ- ङटुक गुरुङ धादिङ १- पुष्पविक्रम मल्ल २- कल्पना धमला ३- शालिकराम जमकट्टेल नुवाकोट १- विमला सुवेदी २- हितबहादुर तामाङ ३- पोस्टबहादुर बोगटी कञ्चनपुर १- बिना मगर २- अमिन दहित थारू ३- टेकेन्द्र भट्ट ४- मोहन गिरी ।