काँग्रेसले ६० जिल्लाको छिनोफानो गर्यो

असोज, १५  काठमाडौं । कांग्रेसले सोमबारसम्म प्रत्यक्षतर्फका करिब ६० जिल्लाको उम्मेदवार टुंग्याएको छ । केही जिल्लाका निर्वाचन क्षेत्रको विवाद अझै टुंगिएको छैन । कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा कतिपय निर्वाचन क्षेत्रमा विवाद हुँदा अन्य जिल्लाको निर्णय लिनसमेत ढिलाइ भएको छ ।


धनुषा ४ मा राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहनलाई उम्मेदवार बनाउने कि नबनाउने भन्नेबारे बैठकमा निकैबेर विवाद चलेको थियो । धनुषाका कार्यकर्ताले उक्त निर्वाचन क्षेत्रमा महेन्द्र यादवलाई उम्मेदवार बनाउनुपर्ने माग राख्दै कांग्रेस कार्यालय घेरेका थिए । उनीहरूले दबाबमा टिकट दिइन लागेको भन्दै उनीहरूले राष्ट्रपतिविरुद्ध समेत नाराबाजी गरेका थिए । त्यस्तै बारा, तनहुँ, स्याङ्जा १, गुल्मी, कञ्चनपुर, बैतडी, नुवाकोट, बाँकेलगायत जिल्लामा निर्णय हुन सकेको छैन । विवादकै कारण ढिलाइ भएपछि हिमाली र उच्च पहाडी जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई मंगलबार बिहान चिठी बुझ्न बोलाइएको छ । असोज १७ गते प्रत्यक्षतर्फको मनोनयन गर्न सदरमुकाम जानुपर्ने भएकाले हिमाली र पहाडी जिल्लाका उम्मेदवारलाई बिहान ६ बजेदेखि नै चिठी दिन लागिएको हो ।

त्यसअघि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्षतर्फका २ सय ४० निर्वाचन क्षेत्रकै उम्मेदवारको सूची सोमबार सार्वजनिक गरिने बताएका थिए । तर, नभ्याइएपछि नियमित रूपमा गर्दै आएको पत्रकार सम्मेलनसमेत हुन सकेन । तराई र पहाडका कतिपय जिल्लाको निर्वाचन क्षेत्रमा विवाद भएपछि बैठकसमेत प्रभावित भएको थियो ।

यसैबीच काठमाडौंको क्षेत्र नं ४ मा गगन थापाको साटो सुप्रभा घिमिरेलाई उम्मेदवार बनाउने चर्चा चलेको छ । गगनलाई नउठाउने कुराको फेसबुक र टि्वटरमा विरोध छाएको छ । बैठकमा समितिका सदस्य एवं महामन्त्री प्रकाशमान सिंहले महिला र निर्वाचित सांसद भएका आधारमा घिमिरेलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, थापालाई उम्मेदवार नबनाउँदा नकारात्मक सन्देश जाने भन्दै धेरैजसो सदस्यले विरोध जनाएका थिए । थापालाई क्षेत्रीय समितिले सर्वसम्मत रूपमा प्रत्यक्षको उम्मेदवारका लागि सिफारिस गरेको थियो भने घिमिरेलाई समानुपातिकमा सिफारिस गरिएको छ । थापाले प्रत्यक्षमा चुनाव लड्न नपाए समानुपातिकमा नबस्ने बताउँदै आएका छन् । उनले चुनाव लड्न नपाए पनि देशभर पार्टीलाई जिताउने अभियानमा खटिने बताएका छन् ।

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा चक्र ठकुरी, ५ मा नरहरि आचार्य, ६ मा भीमसेनदास प्रधान, ८ मा नवीन्द्रराज जोशी, ९ मा ध्यानगोविन्द रञ्जित र १० मा राजन केसीलाई उम्मेदवार बनाउन समिति करिब निष्कर्षमा पुगेको छ ।

धनुषा, तनहुँ, लमजुङ, स्याङ्जा १, कञ्चनपुर, बैतडी, गुल्मीलगायत जिल्ला अझै टुंगिसकेको छैन । पार्टी कोषाध्यक्ष चित्रलेखा यादव र केन्द्रीय सदस्य प्रदिप गिरि प्रत्यक्षमा नउठ्ने भएका छन् । उनीहरूको नाम क्रमशः सिरहा २ र ६ बाट सिफारिस भएको थियो । केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि समानुपातिकमा बसेका छन् ।

कांग्रेसमा ६० जिल्लाको तय

नवलपरासी

१- शशांक कोइराला

२- महेन्द्रध्वज जीसी

३- कृष्णचन्द्र नेपाली

४- देवेन्द्र कँडेल

५- विक्रम खनाल

६- देवकरण जैसवाल

कपिलवस्तु

१- दीपकुमार उपाध्याय

२- राजेश आचार्य

३- सुधाकर पाण्डे

४- सुरेन्द्र आचार्य

५- वीरेन्द्र कनौडिया

रूपन्देही

१- अब्दुल रजाक

२- रामकृष्ण ताम्राकार

३- बालकृष्ण खाँड

४- सूर्यप्रसाद प्रधान

५- भरत साह

६- अष्टभुज पाठक

७- दिनेश त्रिपाठी

मोरङ

१- आमोद उपाध्याय

२- शेखर थापा

३- दिलीप गच्छदार

४- गयानन्द मण्डल

५- अमृत अर्याल

६- महेश आचार्य

७- शेखर कोइराला

८- रमेशजंग रायमाझी

९- डिकबहादुर लिम्बु

मकवानपुर

१- इन्द्रबहादुर बानियाँ

२- जयराम लामिछाने

३- रघुरमण न्यौपाने

४- उमा दाहाल

कास्की

१- यज्ञ थापा

२- शारदा पौडेल

३- सोभियतबहादुर अधिकारी

४- महादेव गुरुङ

दाङ

१- शीला खड्का

२- सुशीला चौधरी

३- राजु खनाल

४- बुद्धिराम भण्डारी

५- दीपक गिरी

चितवन

१- राजेन्द्र बुर्लाकोटी

२- शेषनाथ अधिकारी

३- भीमबहादुर श्रेष्ठ

४- सुशील कोइराला

५- पृथ्वीमान गुरुङ

सुनसरी

१- चन्द्र श्रेष्ठ

२- बद्री चौधरी

३- गोमा पराजुली अन्सारी

४- सीताराम मेहता

५- जमिन अन्सारी

६- रामबहादुर बस्नेत

सिरहा

१- पद्मनारायण चौधरी

२- सूर्यनारायण यादव

३- सीतादेवी यादव

४- रामचन्द्र यादव

५- चन्द्रनारायण यादव

६- गणेश मण्डल

प्यूठान

१- हुकमबहादुर बिष्ट

२- देवराम पुन