संविधानसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन कार्यक्रम आजेदेखि सुरु

असोज, १७ काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनमा पहिलो हुने निर्वाचन कार्यक्रम आज १७ गतेदेखि सुरु हुँदैछ । कार्यक्रमअन्तर्गत आज देशभरका सबै २४० निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।


उम्मेदवारले आआफ्ना निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउने छन् । हिजो बुधबार १५ गते नै ती निर्वाचन अधिकृतका कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेका छन् । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार आज बिहान १० बजेदेखि सबै निर्वाचन अधिकृतका कार्यालयमा मनोनयन दर्ता कार्य सुरु हुने छन् । दर्ता कार्य साँझ ५ बजेसम्म जारी रहने छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २४ गते निर्वाचन चिह्न प्रदान गरिने रहेको छ । समानुपातिक निर्वाचन कार्यक्रममा भाग लिन निर्वाचन आयोगमा १२४ राजनीतिक दलले निवेदन दिएका छन् । ती दललाई आयोगले आज निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।