साउन २३, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुष लिदै गरेका एक जना व्यत्तिलाई पक्राउ गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत घुस लिदै गर्दा पक्राउ परेका हुन् ।
आयोगको टोलीले प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार घुससहित शेर्पा मलबाट पक्राउ गरेको गरेको हो ।
स्तुपा कलेज, बौद्धका विद्यार्थीहरुको समस्या हल गरिदिने विषयमा उनले घुस लिएका थिए ।
