भारत हिडेको सम्झौता एक्सप्रेस रेल पाकिस्तानले सिमामै रोक्यो

साउन २३, काठमाडौं – सुरक्षाको कारण जनाउदै पाकिस्तातले भारत तर्फ जान लागेको रेल सिमावर्ती क्षेत्र बाघामै रोकेको छ ।

दुई देशविचको तनाव कारण सम्झौता एक्सप्रेस नामको रेल सिमावर्ती क्षेत्र बाघामा रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएको हो । पाकिस्तानले आफ्नो चालक र गार्डका साथ रेल पठाउन अस्वीकार गरिदिएको छ ।

सिमावर्ती क्षेत्र बाघामा रेल रोकेपछि भारत आउदै गरेका ११० जना यात्री अलपत्र परेका छन् । अलपत्र परेका यात्रुसहित रेल लैजानका लागि पाकिस्तानले भारतीय चालक र सुरक्षा गार्ड सीमामा पठाउन विकल्प समेत खोलि दिएको छ ।

भारत सरकारले जम्मू काश्मिरबाट संविधानको धारा ३७० हटाएपछि पाकिस्तानलाई यो तनाव बढेको हो ।

पाकिस्तानी रेलमन्त्री शेख रशीदले सुरक्षा चुनौती देखाउदै भारततर्फ रेल पठाउन नसकिएको जनाएका छन् ।

अबको केही समय सुरक्षाको हिसाबले जोखिमपुर्ण हुने भन्दै रेल सेवा तत्कालका लागि स्थिगित गरेको उनले बताए । यद्यपी इदका वेला मात्रै रेल चल्न सक्ने मन्त्री रशीदको भनाई रहेको छ ।

१९७६ देखि भारतबाट दिल्लीदेखि अटारीसम्म र पाकिस्तानतर्फ लाहौरदेखि बाघासम्म रेल सञ्चालन हुँदै आएको दुई देशबीचको ईतिहास रहेको छ ।