भारत पाकिस्तानवीच व्यापार ठप्प, नेपालमा यसको असर पर्न सक्ने

साउन २३, काठमाडौं – जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने भारतको कदम विरुद्ध पाकिस्तानले व्यापारिक सम्बन्ध तोडेपछि दुई देशबीच आयात–निर्यात बुधबार देखि ठप्प भएको छ।

यसको प्रभाव नेपाल–पाकिस्तानवीचको व्यापारमा पनि पर्ने यसका विज्ञहरुले बताएका छन् । भारतीय बाटोको प्रयोगद्धारा नेपालले पाकिस्तानसँग गर्ने व्यापार पूर्णरुपमा प्रभावित हुने निश्चित भएको छ ।

अहिले समुन्द्री मार्गद्धारा भारतको कलकत्ता बन्दरगाह हुँदै नेपालसँग पाकिस्तानले व्यापार गरिरहेको छ । भारत र पाकिस्तानी द्धन्दका कारण नेपाल र पाकिस्तानसँग ब्यापारमा पनि अवरोध आउने अब वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल बताउँछन् ।

भारतीय बाटो हुँदै नेपाल भित्रिने सामानमा भारतले कडा गर्ने सक्ने भएकाले नेपालील व्यवसायीलाई झण्झट हुन सक्छ

यद्यपि, नेपाल र पाकिस्तानबीचको व्यापार सानो परिमाणको भएका कारण तत्कालै ठूलो प्रभाव नपर्ने निश्चित छ ।

आर्थिक वर्ष २०७५र०७६ मा नेपालले पाकिस्तानसँग ६४ करोड ६ लाख ८३ हजारको वस्तु आयात गरेको तथ्याँक भन्सार विभागसँग छ । नेपालबाट पनि ५ करोड ३७ लाख ९८ हजार रुपैयाँ बराबरको वस्तु पाकिस्तानका लागि निर्यात भएको पाइएको छ ।

नेपालले  चिनी, सीसाका सामाग्रीहरु, कफी, औषधीजन्य वस्तु, खेलौना, चुरा तथा पोते, घडी, कार्पेट, फोटाग्राफीका सामानलगायतका ५५ प्रकारका वस्तुहरु पाकिस्तानबाट आयात गरेको  छ । नेपालबाट भने औषधी, कार्पेट टेक्सटायल लगायतका २५ प्रकारका वस्तुहरु पाकिस्तानतर्फ निर्यात हुने गरेको छ ।