मोदीको सोमबारको ब्यस्त कार्यतालीका

साउन १९ , काठमाडौं   –  दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पनि दिनभर पूजाअर्चना र उच्चस्तरीय भेटघाटमा व्यस्त हुने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदीको भ्रमणमा संलग्न नेपाल र भारतका सीमित उच्च अधिकारीहरूलाई उपलब्ध गराएको भ्रमण कार्यतालिकाअनुसार आज बिहान उनले आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना र दर्शन गरेका छन्  । पशुपतिनाथको पूजादर्शन सकेर राष्ट्रपति डा रामवरण यादवसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री मोदी राष्ट्रपति कार्यालय शीतलनिवास पुग्ेछन् ।

राष्ट्रपतिसँगको भेटवार्तापछि उनी सोही कार्यालयमा आयोजित दिवाभोजमा सहभागी हुेछन् ।     दिवाभोजपछि  अपराह्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेु कार्यक्रम तय भएको  छ । त्स लगत्तै उनले मधेसी दलका नेताहरूसँग पनि भेट्ने कार्यक्रम छ ।

  त्यसैगरी मोदीले नेपालका उद्योगपति, व्यवसायी र नेपाली काँग्रेसका नेताहरूलाई छुट्टाछुट्टै भेटेर नेपालको आर्थिक अवस्थाका साथै राजनीतिक पार्टीका विचार बुझ्नेछन् । कार्यतालिकाअनुसार राष्ट्रपतिदेखि मधेसी दलका नेता सबैसँगको भेटवार्ताका निम्ति भारतीय प्रधानमन्त्रीको आधा घण्टाको समय छुट्याइएको छ ।  आजै साँझ भारतीय वायुसेवाको विशेष विमानबाट मोदी स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट मन्त्रालयले जनाएको  छ ।