जेठ २३, काठमाडौं — अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र चाइनिज ताइपेको प्रतिस्पर्धा गर्दैछ ।
बेलुकी ४ बजेर ४५ मिनेटमा ताइपेमा हुने खेलमा नेपालले चाइनिज ताइपेलाई हराउने दाउमा छ । चाइनिज ताइपे पनि नेपाललाई सहजै जित्ने दाउ गरेको छ ।
यसअघि नेपालले मलेसियासँग २(० गोलअन्तरले पराजित भएको थियो । फिफा वरियतामा चाइनिज ताइपे नेपालभन्दा निकै माथि छ । चाइनिज ताइपे १२५ औं र नेपाल १६१ औं स्थानमा रहेका छन् ।