विश्वकप क्रिकेट प्रतियोगितामा भारतको जीत सुरु

जेठ २३, काठमाडौं — विश्वकप क्रिकेट प्रतियोगितामा भारतको जीत सुरुवात भएको छ ।
बुधबार राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा जीत सुरु गरेको हो ।

२२८ रनको लक्ष्यमा अगाडी वढ्दै ब्याटिङ गरेको भारतले ४७.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

ओपनर रोहित शर्माले अविजित १२२ रन बनाएर भारतको पक्षमा जीत सुरु वात गरे । उनले १४४ बलको सामानामा १३ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै महेन्द्रसिंह धोनीले ३४ रन बनाउँदा केएल राहुलले २६ रन बनाए । कप्तान विराट कोहली भने १८ रनबाटै बाहिरीए ।

बलिङमा कागिसो रबडाको दुई विकेट आयो ।

यसअघि इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएपछि भारतले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रिकाका क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसको ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । यता, कागिसो रबडा भने ३१ रनमा अविजित रहे । त्यस्तै, रसिइ भान डेर डुसेनको २२ रन भयो ।

बलिङतर्फ भारतका युजभिन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान २(२ विकेट लिए ।

निरन्तर तेस्रो खेलमा समेत हार ब्यहोरेपछि दक्षिण अफ्रिकाको लागि अवको खेल पनि निकै कठिन हुने भएको छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो ।