आज खीर खाने दिन

साउन १५ , काठमाडौं  –  नेपाली परम्परा अनुसार आज साउन १५ अर्थात खीर खाने दिन हो । नेपालीहरुले आज घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाईलो गर्ने परम्परा चलीआएको छ ।

नेपाली संस्कृतिमा असार १५ गते दहि चिउरा खाने चलन भए जस्तै साउन १५ गते खीर खाने चलन छ ।

नेपाल कृषि प्रधान देश भएको र बहुसख्यक नेपाली कृषी पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियालीस्वरुप खीर खाने गर्दछन् ।