धर्मगुरु रिम्पोछेको अन्त्येष्टि गरिदै

साउन १५ , काठमाडौं  –  बौद्ध धर्मगुरु श्ह्यार कुनसिंग रिम्पोछेको बिहिबार  अन्तेष्टि गरिने भएको छ । रानीवनस्थित स्यारभन गुम्बाका परिसरमा रिम्पोछेको अन्तेष्टि गरिन लागीएको छ ।

आज दिउँसोसम्म उनको पार्थिव शरीर दर्शनका लागि राखिने र साँझ अन्तेष्टि गरिने बताइएको  छ  । सरकारले अनुमति दिएपछि अस्ति काठमाण्डु ल्याएर हिजोसम्म श्रद्धान्ञजलीका लागि राखिएको थियो ।

रिम्पोछेको बौद्ध दर्शनसम्बन्धी प्रवचनका दिने क्रममा जर्मनीमा हृदयाघातका कारण गत जेठ २८ मृत्यु भएको थियो । उनको पार्थिव शरीरलाई सरकारले अनुमति दिएपछि मंगलबार साँझ नेपाल ल्याइएको थियो ।