नयाँ वर्ष २०१९को अवसरमा प्रधानमन्त्रीको शुभकामना

पुस १७, काठमाडौ — प्रधानमन्त्री केपी शर्मा ओलीले अँग्रेजी नयाँ वर्षको शुभकामना दिएका छन् । प्रधानमन्त्री केपी ओलीले शुभकामना सन्देश जारी गर्दै नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना दिएको हो ।

प्रधानमन्त्रीले नयाँ वर्ष २०१९ ले समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान साकार हुने विश्वास गरेका छन् । उनले अर्काे नयाँ वर्षको दैलोमा पुग्दा नेपाली जनताको जीवन र मुलुकको अबस्था समृद्ध हुने समेत बताए ।

जनताको भावना र मर्मलाई शीरोधार्य गर्दै पटक पटक संकल्प गरेको वाचा असफल हुन नदिने दृढ विश्वास लिएको , प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले यो अभियानलाई उचाईमा पुर्याउन सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले सन् २०१८ लाई राजनीतिक उपब्धिको रुपमा संविधानको कार्यान्वय र संक्रमणकाल अन्त्यको भएको जनाएका छन् ।