पुस १७, काठमाडौं — आजबाट अंग्रेजीको नयाँ वर्ष २०१९ सुरुवात भएको छ । ग्रेगोरियन क्यालेन्डरअनुसार सन् २०१८ लाई विदा गरी नयाँ वर्ष सन् २०१९ को स्वागत गरिएको हो । येशु ख्रीस्ट जन्मेको वर्षदेखि धर्म गुरुहरुले शुरु गरेकाले यस क्यालेन्डरलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको छ ।
नेपाल लगायत विश्वभरी इस्वी संवतको नयाँ वर्ष सन् २०१९ शुरु भएको खुशीमा शुभकामना साटासाट गरी नयाँ वर्ष मनाइरहेका छन् ।
जिसस क्राईस्टको मृत्यूपछि उनको सम्झनामा उका अनुुयायीहरुले यो ईस्वी संम्वत चलनमा ल्याएको पाईन्छ ।
अंग्रेजी नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झनामा अंगुरको रस र रोटी खाने चलन छ । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका महत्वपुर्ण पर्यटकीय स्थानहरु आज भरीभरिाउ छन् ।
