सुदूरपश्चिमका साहित्यकार सम्मानित

साउन ६, कञ्चनपुर –

संस्कृति पर्यटन ताथ नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिम क्षेत्रको भाषा, संस्कृति र साहित्यमा संरक्षणमा टेवा पुर्याउने कञ्चनपुरका सात साहित्यकारलाई स्वर्णपदक प्रदान गरी सम्मान गरेको छ ।

महाकाली साहित्य सङ्गमले महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार चन्द्रकला पन्त,  नारा जोशी, नारायणदेव भट्ट, बलदेव अवस्थी, हरिशप्रसाद जोशी, लक्ष्मीप्रसाद भट्ट र रमेश पन्तलाई सम्मानीत गरेको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सुदूरपश्चिम क्षेत्र संस्कृति र साहित्यका हिसाबले निकै धनी भएकाले यसलाई जोगाउन सबैको सहकार्यको आवश्यकता रहेको औल्याएका थिए ।