भारतद्धारा ईग्लयाण्ड घरेलु मैदानमा पराजित

साउन ६, काठमाडौँ –
टेष्ट क्रिकेटमा भारतले २८ वर्षपछि ईग्लयाण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । दोस्रो टेष्टमा भारतले ईग्ल्याण्डलाई ९५ रनले हराएको हो । जितको लागि ३ सय १९ रन पछ्याईरहेको ईगल्याण्डलाई भारतले २ सय २३ रनमा समेटेको छ । भारतका ईसान्त शर्माले दोस्रो पारीमा ७ विकेट लिनुभयो ।

१९८६ मा कपिल देबको कप्तानीमा भारतले ईगल्याण्डलाई उसकेको घरेलु मैदानमा पराजित गरेको थियो । यस्तै २०११ पछि भारतले पहिलोपटक विदेशी भूमिका टेष्ट क्रिकेट जितेको हो । भारतले यस टेष्टमा पहिलो परीमा २ सय ९५ र दोस्रो पारीमा ३ सय ४२ रन बनाएको थियो । जबकि ईगल्याण्डले पहिलो पारीमा ३ सय १९ रन बनाएको थियो ।

भारतका भुवनेश्वर कुमारले अलराउण्डर उत्कृष्ट प्रर्दशन गर्दै पहिलो परीमा ५ विकेट लिनुभएको भने दोस्रो पारीमा अर्धशतक प्रहार गर्नुभयो । यो जितसंगै टेष्ट क्रिकेटको कप्तानी गर्न असफल भएको आरोप लाग्दै आएका भारतीय कप्तान महेन्द्रसिं धोनीलाई राहत मिलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले टिप्पणी गरेका छन ।