विपीको नीति अहिले पनि उत्तिकै सान्र्दभिक : पौडेल

साउन ६, विराटनगर-

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति अहिले  पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

विराटनगरमा आयोजित  बिपी कोइरालाको ३२औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा पौडेलले मुलुकको आर्थिक र सामाजिक रुपान्तरणका लागि बिपीको विचारलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने औल्याएका हुन्  ।

उनले अग्रगामी परिवर्तनका नाममा वामपन्थीले जनतामाझ भ्रम छर्ने काम गरेको आरोप समेत लगाए ।

यसैबीच, विराटनगरस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग  कुरा गर्दै कार्यबाहक सभापति पौडेलले  बिपीको विचारअनुसार काँग्रेसले नेपालका निम्नमध्यम परिवारलाई मध्यमस्तरमा पुर्याउन चार हजार गाउँमा रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानीको सेवा पुर्याउन लागेको जानकारी दिए ।