निर्मलाको हत्या प्रकरण— थप दुई प्रहरी निलम्बित

काठमाडौ,२२ असोज — निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका थप दुई जना प्रहरी निलम्बित भएका छन् ।
अनुसन्धानमा लापरबाही गर्ने प्रहरी नायव निरीक्षक हर सिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।