नेकपाले गर्यो स्थायी समिति बैठक वोलाउने निर्णय

काठमाडौं—नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमवार वसेको सचिवालय वैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । तर, वैठक कहिले वस्ने भन्ने वारे मिति तय भएको छैन ।

सोमबार वसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका भ्रमण र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा वैठकमा जानकारी गराएका थिए ।