वीपीको चिन्तन अनुसार मुलुकको विकास गरौं – मन्त्रि आर्चाय

साउन ५,काठमाडौं – वन तथा भू संरक्षणमन्त्री महेश आचार्यले वीपीको गुणगानमा समय खर्चिनु भन्दा पनि वीपीको चिन्तन अनुसार मुलुकको विकास गर्नतिर ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । वीपी चिन्तन प्रतिष्ठानले वी पी कोइराला जन्म शताब्दी वर्ष मनाउने क्रममा आज भक्तपुरको मनोहरामा गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्रि आर्चायले वीपीको विचार र चिन्तनलाई अझ संस्थागत गर्न जरुरी रहेको बताए । प्रतिष्ठानले मनोहरामा वीपी उद्यान बनाउने भन्दै आज वृक्षारोपण गरेको हो । वृक्षारोपणको शुभारम्भ मन्त्री आचार्यले गरेका हुन । वी पी उद्यान निर्माण गर्ने भन्दै त्यस ठोमा एक सय विरुवा रोपिएका छन् । नेपाली काँग्रेसले वी पी कोइरालाको जन्म शताब्दी वर्ष मनाउने क्रममा भोलीदेखि देशभर बिभिन्न कार्यक्रम गर्ने जनाईएको छ ।