साउन ५,काठमाडौं – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले अघिल्लो संविधानसभाको संवैधानिक समितिले गरेका केहि सहमति अनुमोदन गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले अघिल्लो संविधानसभाले गरेका सहमतिमध्ये ११ वटा सहमति अनुमोदन गरेको हो । अघिल्लो संविधानसभाको विवाद समाधान उपसमितिले संविधानका विभिन्न विषयमा ४८ वटा सहमति गरेको थियो । प्रमुख दलका शिर्ष नेताहरु सदस्य रहेको समितीले संघीय व्यवस्थापिका दुई सदनात्मक हुने, प्रदेश व्यवस्थापिकाको नाम प्रदेश सभा राख्ने, वाधा अड्काउ फुकाउने अधिकार संक्रमणकालिन भाग अन्र्तगत राख्ने र मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रप्रमुखले वाधा अड्काउ फुकाउने लगायतका सहमति अनुमोदन गरेको समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए । समितिले राज्यपुनर्संरचनाका विषयमा भने सहमति जुटाउन सकेको छैन । समितिले राज्यपुनर्संरचनाका विवादित विषयमा पहिलो चरणको छलफल भने सकिसकेको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
