‘राजनीतिबाट अछुतो छैन न्यायलय’

इमेलखबर संवाददाता
काठमाडौ —पुुर्व प्रधानन्यायधिश शुुशिला कार्कीको आत्मावृतान्त पुुस्तक ‘न्याय’ सार्वजनिक भएको छ । शनीबार राजधानीमा शिक्षाविद् केदाभक्त माथेमा, डा.गोबिन्द के.सी,प्रा.डा.सुुरेन्द्र भण्डारीले लोकार्पण गरे । लोकार्पण गर्दै डा. भण्डारीले पुुस्तकमा कार्कीको बाल्यकाल, शिक्षा, न्यायलयमा भएका गतीविधिहरु समेटिएको बताए । कार्कीको निष्ठा पतिको प्रशंसा गर्दै उनले लोकतान्त्रीक मानिसलाई राष्ट्रप्रतिको भुुमिका निभाउन पुुस्तकले सहयोग गर्ने बताए ।
कार्कीको पुुस्तकले जनतालाई न्याय गरेको डा. गोबिन्द के.सी. ले बताए । उनले भने ‘अदालतका बेथिति बिसंगती, राजनीति प्रभाव कस्तो थियो त्यो बारे जनता बेखवर थिए । यो पुुस्तकले जनतालाई न्याय दिएको छ । उनले न्यायलयमा अत्याधिक रुपमा राजनीतिकरण भएको खुुलाए । उनले भने ‘न्यायलयमा राजनीति कार्यकर्ता भर्ना गर्ने र स्वार्थ लिने नै बढी छन्, जसमा गर्दा न्यायलयमा काम गर्न जो कोहीलाई सहज छैन । ’

राजनीतिले विश्वविद्यालयको स्थिति त खराव भएको हो तर न्यायलय पनि त्यसबाट अछुुतो रहेनछ भन्ने कुुराको जानकारी यो पुुस्तक बाट थाहा पाएको शिक्षाविद् माथेमाले बताए । पुस्तक भने नेपाली सरल शिष्ट भाषामा छापिएको उनले खुलाए । यो पुुस्तक सबैका लागि प्रेरणादायी भएको र नैतीकवान पात्रको खडेरी भएको समयमा यो पुुस्तक उज्यालो भएर आएको उनले दावी गरे ।

न्यालयमा बिताएका करिब ३२ बर्षको अनुुभव र प्रथम महिला प्रधानन्याधिशको रुपमा काम गर्दाको अनुुभव पुुस्तकमा समेटिएको कार्कीले बताइन् । उनले भनिन् ‘न्यायलयमा जे देखें जे भोगे त्यहि जस्ताको त्यस्तै उतारेको छुु । महाअभियोग,लोकमान कार्की प्रकरण लगायतका विषयहरु पनि पुुस्तकमा समेटिएको उनले जानकारी दिइन् । पुुस्तक बुक हिलले प्रकाशन गरेको हो ।