नाटक जनयुद्ध जारी छ ? मा लडाकुका पीडा

इमेलखबर
काठमाडौं—युद्ध गर्नु सहज पक्कै छैन । परिवार, समाज, आफन्त, माया मोह सबैको बलिदान दिएर बन्दुक उठानुपर्छ । त्यहि संघर्षको प्रतिफल हाता लाग्यो शुन्य भइदिदा लडाकुको बलिदान मुुल्यहिन भइदिन्छ । काठमाडौंमा मञ्चीत नाटक ‘जनयुद्ध जारी छ ? ले माओवादी १० वर्षे जनयुद्धमा खटिएका लडाकुको कथा समेटेकोछ ।


कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटकको लेखन र निर्देशन राज शाहले गरेका हुन् । राजको यो तेस्रो नाटक हो । एक घन्टा अवधिको नाटकमा लडाई र युद्धको परिवेश मात्रै पाइन्छ । यसै संगै लडाकुहरुले भोग्नु परेको व्यथा र अवस्था समेटिएकोछ । युद्ध सकिएपनि लडाकुका अपुरा सपना सकिएका छैनन । यति लामो युद्धमा लागेर हामीले के पायौ ? के गुमायौ ? उनीहरु आफैले समिक्षा गरेका छन् ।


नाटकको मुल उदेश्य पनि युद्ध पछि लडाकुुले गरेका आत्म समिक्षा जस्तो लाग्छ । राजले जनयुद्ध आधार बनाएर नाटक लेखे पनि परिवशे र पात्र काल्पनीक भएको बताए । लडाकुहरुको भोगाई सुनेर उनले आफ्नो मानसपटलमा उब्जीएका जिज्ञासा कथामा उतारेको उनले बताए । शिक्षा बिना जनयुद्ध सफल हुन सक्दै भन्ने भाव दर्शाउन नाटकमा पुस्तकको प्रप्स कलात्मक ढंगले पस्कीएकोछ । छरिएर रहेका पुस्तक मञ्चको माथि झुन्डीएका छन् । मानौ शिक्षा लडाकुहरुबाट धेरै टाढा छन् ।
उनीहरु बन्दुक बोकेका छन् । शिक्षा र बन्दुकको विपरित सम्बन्ध देखाउन पनि राजले नया शैली थिएटरमा झल्काएको पाइन्छ । जनयुद्ध नाटक प्रश्नै प्रश्नको संगालो हो । युद्ध किन गरियो, बन्दुक किन उठाउन बाध्य पारियो ?, युद्धको लक्ष्य के थियो ? देखि अब पुर्व लडाकुको भविष्य के हुने ? जस्ता अनगिन्ती प्रश्नले नाटकको कथा घुमेकोछ । नाटकमा राजदेखि, सुुजिता अधिकारी, शर्मिला नगरकोटी, सुुदर्शन अर्याल, मनोज महर्जन, इन्द्रबहादुर चौधरी, मुकेश हमाल, पासलाक्पा शेर्पा, धिरज थापा मगर, कृष्ण खड्का, शोभा लिम्बु, आशिष काफ्ले, मोहन श्रेष्ठ, नमपराज पराजुुलीको अभिनय रहेकोछ । नाटक २१ गते सम्म जारी रहनेछ ।