चिकित्सक संघ र सरकारबीच जुट्यो सहमति

 

काठमाडौ, १९ भदौ —आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीच सहमति जुटेको छ । तीन बुँदे सहमति भएसँगै संघले एक साताका लागि आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।गएराति स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव र संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठबीच सहमति भएको हो । सहमति पत्रमा आगामी सोमबारसम्म सरकारले मुलुकी अपराध संहिता संशोधन प्रस्ताव संसदमा दर्ता गर्नुपर्नेछ ।
त्यस्तै मुलकी अपराधको दफा २ सय ३० को उपदफा २ खारेज गर्नुपर्नेछ । त्यस्तै मुलुकी अपराध संहिताको परिच्छेद १९ मा रहेका सबै सजाय र दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवेदनका आधारमा मात्रै कुनै निर्णय गर्नुपर्नेछ ।
उजुरीको म्याद ६ महिना राख्ने र ड्युटीमा रहेका बेला स्थास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड गर्नेलाई बिनाधरौटी हिसासतमा राख्ने सहमति भएको छ । मुलुकी अपराध संहिताको विरोधमा चिकित्सक संघले एक सातादेखि आन्दोलन गर्दै आएका थिए ।