प्रदेश ५ ले कृषकलाई १० लाखसम्म अनुदान दिइने

काठमाडौ,१९ भदौ — प्रदेश ५ सरकारले किसानलाई प्रोत्साहन गर्ने गरी अनुदानका कार्यक्रम ल्याउने भएको छ । किसानलाई चारदेखि १० लाख रुपैयाँ अनुदान दिने गरी कार्यक्रम ल्याउने तयारी गरेको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ वटै जिल्लामा अनुदानका कार्यक्रम सञ्चालन गर्ने कार्य्विधि बनाएर संसदीय समितिहरूमा छलफलका लागि पठाएको छ ।
मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार कार्य्विधि बनाएर प्रदेश संसद्को कृषि, वन तथा वातावरण समितिमा र अर्थ, उद्योग तथा पर्यटन समितिमा पेस भएको छ ।