ओली र मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्दै

 

काठमाडौँ,१५ भदौ — भारत सरकारद्धारा निर्मित पशुपतिनाथस्थित धर्मशालाको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुुन मोदी नेपाल आएका हुुन् ।
भारतको लगानीमा निर्माण गरेको उक्त धर्मशालामा ८८ वटा कोठाहरु रहेका छन्।