वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

काठमाडौँ, १५ भदौ —नेपाल चलचित्र कलाकार संघका पूर्वसंरक्षक बरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । वि.सं. १९८२ असोज २ गते जन्मिएका रिमालको गएराती १ बजे निधन भएको हो ।

रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागी बिहान ७ बजे उनकै निवास नयाँ बानेश्वर ह्वाइटहाउस कलेज अगाडी राखिने र श्रद्धाञ्जली पछि सिधै आर्यघाट लगि रिमालको अन्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उनले कामनाको पहिलो ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पाएका थिए ।