बल्खुको तरकारी बजारमा आपूर्ती विभागको अनुगमन

 

काठमाडौं, ११ भदौ —वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागको टोलीले आज बिहानै बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेको छ ।

अनुगमनमा अवरोध गरेको भन्दै व्यापारी रबि शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई थप कारवाहीका लागि कालीमाटी वृतमा राखिएको प्रहरीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भइरहेको पाइएको उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।