आज साँझ ६ बजेसम्म कञ्चनपुरमा कर्फ्यु हटाईयो

काठमाडौ, ११ भदौ —निर्मला हत्याकाण्ड पछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन भन्दै स्थानीय प्रशासनले शुक्रबार साँझदेखि लगाएको कर्फ्र्यु केही समयका लागि हटाएको छ । सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कर्फर्यु साँझ ६ बजेसम्मका लागि हटाईएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका लागि हटाउने निर्णय गरेको छ ।