सरकारले मिडिया खोल्नुु भनेको लोकतान्त्री मुुल्यमान्यता विपरित हो

काठमाडौं, ३० साउन—कर्णाली सरकारले सञ्चार माध्यममा विशेष चासो देखाएकोछ । प्रदेश सरकारले प्रादेशीक सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेको हो । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेलिभिजन र रेडियो स्थापना गर्न आवश्यक कानुन निर्माण गर्ने तयारीमा देखिएकोछ ।
टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट विनियोजन गरिएकोछ । यद्यपी सञ्चार क्षेत्रका सरोकारबालाले भने सरकारले मिडिया खोल्नु भनेको लोकतान्त्रीक मुल्यमान्यता विपरित रहेको बताएका छन् । नीजि र सामुदायिकलाई प्रोत्साहन गर्नुको पर्ने हो । तर सरकार आफैले मिडिया सञ्चालन गर्नु लोकतान्त्रीक नरहेको पत्रकार महासंघ कर्णाली प्रदेश समीतिका अध्यक्ष दुुर्गा थापाले बताए ।