तीन विधेयक स्वीकृत

काठमाडौ, ३० साउन—आज तीन वटा विधेयक स्वीकृत भएका छन् । प्रतिनिधि सभाबाट तीन विधेयक स्वीकृत भएको हो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक र निवृत्तभरण कोष सौद्धान्तीक छलपफल पछि सर्वसम्मतीलले स्वीकृत भएको छ ।
सांसदले कानुन बनाउनु भन्दा कार्यान्वयन गर्नु चुनौतिपुर्ण रहेको सांसदले बताएका छन् । उनीहरुले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिका विधेयक, उपभोक्ता संरक्षण सुरक्षित मातृत्व सम्बन्धी छलफलमा ल्याएका हुन् । विधेयकमा प्रत्येक महिलालाई आकस्मिक प्रसुति सेवा, आधारभूत आकस्मिक प्रसुति सेवा, वृहत आकस्मिक प्रसुति सेवा, नवजात शिशुको लागि अत्यावश्यकीय सेवा र नवजात शिशुले आकस्मिक सेवा पाउने उल्लेख छ ।
सांसदले कानुन बनेपछि कार्यान्वयन नभए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने सांसदले तर्क राखेका थिए ।