आज नागपञ्चमी मनाउदै

 

काठमाडौं, ३१ साउन—आज हिन्दुर बौद्ध धर्माबलम्बीहरुले नागको पुजा गरेर नागपञ्चमी मनाएका छन् । प्रत्येक वर्ष श्रावण शुुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मुलढोकामा नागको तस्वीर टासी पुुजा आजा गरेर मनाइने गरिन्छ ।
धार्मीक विश्वास अनुसार यसरी नागपञ्चमी मनाउदा सर्प, बिच्छी लगायत जीवले दुुःख नदिने भनिन्छ । यसै गरि अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मीक विश्वास छ । नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमका अनुसार र्योदयकालमा पञ्चमी तिथि र षष्टीले युुक्त पञ्चमी नागपुजाका लागि शुुभ मानिने भएकाले बिहिबार नागपञ्चमी मनाउने निधो गरिएको हो ।