पुर्खौली थाङ्का व्यवसाय सम्हाल्दै विरेन्द्र

प्रकृती दाहाल(इमेलखबर)—
थाङ्का कलासंग विरेन्द्र शाहीको दुई पुस्ता जोडिएको छ । दाजु सुरेन्द्र बहादुर  शाहिको गतिविधि विरेन्द्रले सानै देखि नियालेका थिए । पर्यटन प्रर्वद्धन क्षेत्रमा काम गर्दै गर्दा सुरेन्द्रले थाङ्का कला संरक्षण र प्रवद्र्धनमा भविष्य देखे । झन्डै साढे चार  पहिले सुरेन्द्रले सुरु गरेको पौवा कला संकलन यतिबेला विरेन्द्रको हातमा छ । दाजुको असामहिक निधनले विरेन्द्रमाथि थप जिम्मेवारी थपियो । उनले दाजुले दुखले स्थापना गरेको ‘सुरेन्द्र तिब्बतीयन थाङ्का ट्रेजरी’ लाई व्यवस्थीत गर्न उनी निरन्तर लागेका छन् । यसो त विरेन्द्रले नै थाङ्का बजारमा झिजेको झन्डै तीन दशक पुगेछ । दाजुको साहयक भएर काम गर्नु र सबै जिम्मेवारी आफ्नै काधमा बोकेर हिड्नु अत्यन्त संघर्षपुर्ण हुने विरेन्द्रले बताए । विरेन्द्र यतिबेला दाजुसंगै विताएका व्यापारिक क्षण सम्झन्छन् । ‘निकै गाह्रो हुदोरहेछ कला र कलाकार जोगाउने काम गर्न’, उनले भने, ‘दाजुले कसरी सम्हाल्नु भएको होला ?’

करिब ४ दशक अघि सुरेन्द्र मल्ल थाङ्का व्यापारमा प्रवेश गरे । दाईको व्यापार भनौ या पारिवारिक थाङ्का व्यावसायमा सानै उमेरदेखि लागे । रमाईलो मानेर हेर्ने गर्थे र दाइले बिक्री गरेको पैसाले उनलाई निकै आकर्षित बनाउने गर्थे । नाम । पैसा दुवै यस क्षेत्रमा उनले देखे । । त्यहि सोचमा विरेन्द्रले दाजुले स्थापना गरेको व्यवसायमा साथ दिन थाले । उनले थाङ्का व्यवसायलाइ नै करिब तीन दशक देखि निरन्तरता दिइरहेका छन ।

नेपाल , अमेरिका, चाइना, जापान र युरोप लगात थुप्रै देशहरुमा थाङ्का निर्यात गरिरहेका उनले पछिल्लो समय थाङ्काको गुणस्तर हराउदै गएको गुनासो गरे । अन्तराष्ट्रिय बजारमा थाङ्का मानीसहरुले दुई तरिकाले किन्ने गरेको उनको अनुभव छ । कला मन पराएर किन्ने एउटा ग्राहक छन् भने अर्का थरि धार्मीक आस्थाका लागि मात्रै किन्ने गर्छन् । १९९२ मै उनले पहिले ‘डेस्टिनेशन अफ नेपाल’  बम्बईमा प्रर्दशनी गरेका थिए । तीन दशक अघि देखिको थाङ्काको अवस्था देखि आइपुग्दा अहिले सम्म धेरै परिवर्तन भएको उनको अनुभव छ । अहिलेको अवस्थामा नया कलाकारहरु आउने गरेका छन । थाङ्का समसामयिक रुपले बन्ने गरेको पनि उनले बताए । कलाकारहरुको पारिश्रमिक अवस्था पनि सुध्रिदै गएको विरेन्द्रको दावी छ । थाङ्कामा नया बिचारहरु पनि भित्रिन थालेका छन र कथात्मक शैलीको थाङ्का बनाउने ट्रेन अहिले बढिरहेको  विरेन्द्र बताउछन् ।
तर बिडम्बना थाङकाको मुल्य निर्धारण गर्ने कुनै माध्यम नभएकाले पनि मुल्य मन लाग्दो रहेको उनी बताउछन । उनी भन्छन ‘अहिले थाङ्का को मुल्यमा मन लाग्दो छ ।’ पहिलेको समयमा प्रशस्त कालिगढ बाट थाङ्का उत्पादन गरेपनि अहिलेको समयमा केहि घटेको शाहीको भनाई छ । ‘कालिगढहरको बिदेश पलायनले पनि यो समस्या आएको छ । ’उनी भन्छन

पारिवारिक व्यबसाय धान्दै आइरहेका बिरेन्द्रलाई भने अबको पुस्ता हस्तान्तरण कसलाई दिने ? चिन्ता बढ्न थालेको छ । उनी भन्छन्, ‘अहिलेको युवा आफ्नै कल्चर क्रिएट गर्न चाहन्छन्, पुर्खौली व्यवसायिमा खासै ध्यान दिदैनन् । दाजुको परिश्रम मैले समहाल्दै छु, अब मेरो परिश्रम कसले सम्हाल्छ थाहा छैन ।’