मतगणना जारी-पदाधिकारीको परिणाम आजै निकाल्ने तयारी , माधव नेपाल समुहको अग्रता (अपडेट)

असार २९, काठमाडौँ ।
एमालेको जारी मतगणनामा दोश्रो दिन आज माधव नेपाल समुहले अग्रता कायम गरेको  छ । आइतबारको मतगणनामा ओली समुहको अग्रता भएता पनि आज बिहानैदेखी नेपाल समुहले अग्रता कायम राखेको छ । यो समाचार तयार पार्दा सम्मको परिणाम अनुसार अध्यक्षका उम्मेदवार नेपालले ६६९ र अध्यक्षका अर्का प्रत्यासी ओलीले ६०१ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भीम रावलको ६९०, उपाध्यक्ष वामदेव गौतम ६३६, लालबाबु पण्डित ६५८, विद्या भण्डारी, ६२०, अष्टलक्ष्मी शाक्य ६१३, प्रदीप नेपाल ५६१, राजेन्द्र पाण्डे ६६३, किरण गुरुङ ५७२, युवराज ज्ञवाली, ६८७, धर्मनाथ साह ५३९ रहेको छ ।

महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डे ६६९, ईश्वर पोखरेल ५९७, उपमहासचिवहरु, घनश्याम भुसाल ६९४, विष्णुप्रसाद पौडेल ६१८, रघुजी पन्त ६३२, शङ्कर पोखरेल ५९१, सचिवका उम्मेदवारहरु प्रदीप ज्ञवाली, ६४२, पृथ्वी सुब्बा गुरुङ ५८२, गोकर्ण विष्ट ७७६, योगेश भट्टराई ६८७, बेदुराम भुसाल ६३१, विष्णु रिमाल ५७२, भीम आचार्य ६६४, रघुवीर महासेठ ५२९, पर्शुराम मेघी गुरुङ ६६१, केशवलाल श्रेष्ठ ५१० मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

पाँच बुथमध्ये अहिलेसम्म तीन बुथको मतगणना सम्पन्न भएको छ । बाँकी दुई बुथ गणना गरेर करिब ६ घण्टापछि मात्रै समग्र मतगणनाको परिणाम आउने आयोगले जानकारी दिएको छ ।