गुण्डा नाइके चक्रे जमानतमा रिहा

असार ३०, काठमाडौँ –

लागुऔषध कारोबारको मुद्दा खेपिरहेका गुण्डा नाइके चक्रे मिलन सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को एक मुद्दामा  विशेष अदालतमा जेथा जमानीमा रिहा भएका छन् ।

केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहेका अभियुक्त चक्रेसँग  सात करोड आठ लाख १५ हजार बराबरको सम्पति अवैध रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ मा उक्त अदालतमा अर्को मुद्दा दायर गरेको थियो ।

तनहुँ जिल्ला व्यास नगरपालिकास्थित आफन्तको घरसहित १४ रोपनी जग्गा धरौटी राखेकाले तारेखमा रही मुद्दाको किनारा लगाउन अदालतले आदेश दिएको जनाइएको  छ   । यसअघि उक्त अदालतले अभियुक्त चक्रेलाई रु एक करोड बराबरको जमानत पेस गर्न दिएको आदेश पूरा गर्न नसकेकाले निजलाई थुनामा पठाइएको थियो ।