फागुन १९ काठमाडौं—केपी शर्मा ओली उखान र टुक्का प्रयोग गरेर समसामयिक विषयमा व्यंग्य गर्न माहिर मानिन्छन् । उनको राजनीतिक भाषण त्यसैले पनि लोकप्रिय र जनचासो बनिरहेको हुन्छ । उखान टुक्काले पनि मिडिया तताउने प्रधानमन्त्री ओलीले यतिबेला जन्म मितिमा देखिएका अनियमीतताबारे व्यंग्य गरे । प्रधानन्यायाधीस देखि राजपा सांसद महेन्द्र राय यादवको जन्ममितिमा देखिएका गडबडीमाथि प्रधानमन्त्रीले रमाइलो तर, गम्भीर व्यंग्य गरेका छन् । सबैको जन्ममिति फरक फरक हुदोरहेछ ।
एउटै जन्म मिति भएको म मात्रै एक्लो रहेछु कि ? भन्दै उनले मिडियामा दिएको अभिव्यक्ति अहिले निकै चर्चामा आएकोछ । शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुले संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । सडकदेखि न्यायलय सम्म जन्ममितिको लफडा रहेकोमा दुखेसो व्यक्त गरे ।
प्रधानमन्त्री ओलीको व्यंग्य : ‘धन्न म मात्रै एक पटक जन्मेको रहेछु’
