फागुन, १९ काठमाडौं—प्राध्यापक गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग राख्दै फेरि अनसन बस्ने भएका छन् । उनले दुई बुदे माग राख्दै अनसन बस्ने घोषण गरेका हुन् । दुई माग मध्ये एउटटा प्रधानन्यायाधीस गोपाल पराजुलीलाई महाअभियोग लगाउनु पर्ने र अर्को चिकित्सा शिक्षामा न्यायिक जांच बुझ आयोगले दोषी ठहर गरेका लाई तुरुन्तै कारबाही गर्नु पर्ने माग राखेका छन् ।
केसीले यो कुरा शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका थिए । अब न्यायालयको छवि धमिलो पन नदिन र न्यास सम्पादनमा थप भ्रष्टाचार हुन नदिन तुरुन्तै संसदले उनीमाथि महाअभियोग लगाएर हटाउनु बाहेक अरु कुनै विकल्प नरहेको केसीले बताए ।
प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने माग गर्दै केसी फेरि अनसन बस्दै
