एम्बुलेन्स दुर्घटना हुदा ४ घाइते

असार २७, नवलपरासीैँ  –

पुर्वपश्चिम लोकमार्गअन्र्तगत नवलपरासीको सेतापानीमा एम्बुलेन्स दुर्घटना  हुदा ४ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट भरतपुरतर्फ बिरामी ल्याउदै गरेको लु १ ज २४६ नम्वरको एम्वुलेन्स अनियन्त्रित भई पल्टदा बिरामी वालकको अवस्था थप गम्भिर भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

एम्वुलेन्सका चालक प्रहरीको नियन्त्रणमा रहेको र विरामीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।