दोस्रो दिनमात्र टाँगिए एमाले हलमा मार्क्स र लेनिनका तस्वीर

असार २४, काठमाडौ ।

एमाले महाधिवेशन स्थलमा अन्तर्राष्ट्रिय कम्युनिष्ट नेता माक्र्स, एंगेल्स र लेनिनका तस्विर दोस्रो दिनमात्र राखिएको छ । विदेशी अतिथि र देशभित्रका विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको उद्घाटन समारोहमा यी कम्युनिष्ट गरु का तस्विर थिएनन् ।

पूरा नाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेनिनवादी भएको एमालेले अन्तर्राष्ट्रिय नेताका रुपमा कार्ल माक्र्स, फ्रेडरिग एंगेल्स र भ्लादिमिर इलिच लेनिनलाई मान्ने गरेको छ । कम्युनिष्ट दर्शनका प्रतिपादक दार्शनिक माक्र्स, उनका सहकर्मी एंगेल्स र रुसका क्टुबर क्रानित गरी दर्शन कार्यान्वयन गर्ने कम्युनिष्ट नेता लेनिन हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

एमालेले सभोभियत संघका निर्माता जोसेफ स्टालिन र चीनका माओत्सेतुङको फोटो भने २०४८ सालदेखि नै राख्न छाडेको थियो । मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी र मदन भण्डारी नेतृत्वको नेकपा माले एकीकरण भएर २०४७ पुसमा एमाले बनेदेखि ती दुई अन्तर्राष्ट्रिय गुरु को तस्वीर राख्न छाडिउको हो ।

एमाले बैकल्पिक पोलिट्व्युरो सदस्य बेदुराम भसालले उद्घाटन समारोहमा नियवश मञ्च व्यवस्थापन समितिका मान्छेले तस्विर नराखेको बताए । ‘एमालेभित्रका एकाथरी मान्छेहरु माक्र्सवाद नै छाड्नुपर्छ भन्नेमा छन्, उनीहरुमा नाममा पनि माक्र्सवादी लेनिनबादी राख्नु हुँदैन भन्छन्, उनले भने,’एमाले गठन भएदेखि हामीले तीनजना नेताको तस्विर राख्दै आएको छौँ । उद्घाटनमा उनीहरुका तस्विर नराखेको विषय भित्रभित्रै गम्भीर रुपमा उठेपछि दोस्रो दिन ल्याएर राखिएको भुसालले बताए ।