प्रम कोइराला र राजदुत बोडेबिच छलफल

असार २२, काठमाडौँ ।

अमेरिकामा स्वास्थ्य उपचार गराईरहनुभएका प्रधानमन्त्री सुसिल कोईराला र अमेरिकि राजदूत पिटर डब्ल्यू बोडेबिच सोमबार भेटवार्ता भएको छ । नेपालबाट केहीदिन अघि मात्रै अमेरिका जानुभएका बोडेसंग कोईरालाले नेपालको राजनितिक अबस्थाबारे जानकारी लिएका हुन् ।
भेटमा पछिल्लो राजनितिक गतिबिधि, एमालेको नबौ महाधिबेशन, एकीकृत  माओवादी सहित ५ कम्यूनिष्ट पार्टीहरुको एकता लगाएत बिषयमा कुराकानी भएको थियो । राजदूत बोडेले नेपालमा राजनितिक धुब्रिकरण देखिएको प्रति सचेत रहन भन्दै राजनितिक दलहरुबिच भएको सहमति कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री कोईरालाई आग्रह गरेका थिए ।

जवाफमा प्रधानमन्त्री कोईरालाले नेपालमा सहमति मा नै संविधान जारी हुनेमा शंका नगर्न आग्रह गरे । उनले  आफू नेपाल फकिर्एपछि दलहरुसंगको छलफल तिब्र पारि सहमति मै संविधान निमार्ण गर्ने बाताबरण बनाउने बताए ।