भाइबरबाट प्रेमप्रस्ताव राख्दा हिरासतमा

२० असार, काठमाडौ । मन पराएकी केटीले बेवास्ता गरेपछि भाइबरमार्फत लागीगलोजपूर्ण सन्देश पठाउने एक युवक पक्राउ परेका छन् । गोरखा घर भएका शिवप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ ।

न्युरोडको एक कपडापसलमा काम गर्ने पाण्डेले चिनजान नभएकी ढकाल थरकी युवतीलाई फोन गरी प्रेमप्रस्ताव राखेका थिए । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

साथीमार्फत युवतीको नम्बर पाई उनले फोन गरेका थिए । तर, युवतीले उनलाई बेवास्ता गरेपछि भाइबरमार्फत पटक पटक अश्लील र गालीगलोजपूर्ण सन्देश पठाएका थिए । पटक पटक भाइबरमा सन्देश पठाएपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाले गत १० असारमा पाण्डेलाई पक्राउ गरेको हो ।