अमेरीकामा नेपाली युवतीको मृत्यु

२० असार, काठमाडौँ ।

अध्ययनका लागि अमेरिका पुगेकी एक नेपाली युवतिको दुर्घटनामा परि मृत्यु भएको छ । झापा घर भई हाल अमेरिकाको केन्सासमा बस्दै आएकी २५ वर्षीया नेपाली युवतीको बुधबार राति कार दुर्घटनामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापा घर भएकी उर्मिला शर्मा रहेकी छिन् । उर्मिला आफैंले चलाएको कार बुधबार अपरान्ह दुर्घटना हुँदा सडकमा क्षतीग्रस्त हुँदा उनको घटना स्थलमै मृत्यु भएको हो ।