राप्रपा सर्वोच्च जाने

चैत ५, काठमाडौँ । पार्टी विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी सर्वोच्चमा जाने भएको छ । पार्टीको शनिबार बसेको आकस्मिक बैठकले निर्वाचन आयोगको यो निर्णयविरुद्ध संबैधानिक उपचार खोल्ने निर्णय भएको हो ।
संविधानप्रदत्त वैचारिक स्वतन्त्रता अनुसार पार्टीको विधानमा सो विषय समावेश गरिएकाले त्यसलाई निर्वाचन आयोगले खारेज गर्ने निर्णयका विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले यही चैत ७ गते देशभरका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा चैतको तेस्रो हप्तादेखि हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दबाब दिन सडक सङ्घर्षका साथै धर्म्निरपेक्षता खारेजी र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि व्यवस्थापिका–संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ ।
पार्टीको प्रस्तावनामा संविधानप्रति प्रतिवद्ध रही सर्वधर्म समभावसहित हिन्दू राष्ट्र कायम गरी संवैधानिक राजसंस्था लोकतन्त्रको मान्यता अभिवृद्धि गर्ने उल्लेख गरिएको छ ।