भारतबाट तेत्तिस जना बालबालिकाको उद्धार

चैत ५, काठमाडौँ । सरकारले भारतबाट ३३ जना बालबालिकाको उद्धार गरेको छ। भारतिय प्रहरीले दिएको जानकारी र पिडित पक्षको उजुरीको आधारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतको केन्द्रिय बाल कल्याण समीतिको पहलमा भारतको विहारमा अवस्थित चार वटा बालगृहमा रहेका बालबालिकाको उद्धार गरिएको हो । चैत्र १ गते भारतको विहार पुगेको टोलीले तीन दिन भित्र मुजफ्फपुरर र दरभंगामा रहेका ४ वटा बालगृहमा ती बालबालिकाहरुको उद्दार गरेको समितिले जनाएको छ । भारतमा उद्दार गरि ल्याइएका ३३ जना बालबालिकालाई समितिको हरिहरभवनस्थित केन्द्रीय कार्यालयमै राखिएको छ । उद्दार गरिएका बालबालिकाहरुलाई सम्बन्धित परिवारलाई बुझाउने काम पनि सुरु गरिएको समितिले जनाएको छ ।