संविधानसभाको बैठकमा राज्यको पुन: संरचना सम्वन्धी छलफल

जेठ २७, काठमाडौ– राज्य पुन:संरचनासंग सम्बन्धीत बिभिन्न बिषयमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजेपछि संविधानसभा भवन नयाा बानेश्वरमा बस्ने आजको बैठकमा पनि तत्कालीन राज्यको पुन: संरचना र राज्यशक्तिको बााडफााट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिको निक्र्योल सम्बन्धी प्रतिवेदनमाथि छलफल जारी रहने छ । गत १६ गतेदेखि जारी छलफलमा बोल्ने अधिकांश सभासद्हरुले मुलुकको विशिष्टता र आवश्यकतालाई ख्याल गरेर मौलिकताका आधारमा सङ्घीय प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले बढीमा सात प्रदेश मात्रै बनाउनुपर्ने, आर्थिक सामथ्र्य र सम्भाव्यतालाई विशेष ध्यान दिनुपर्ने, सबैले अपनत्व महशुस गर्ने र मान्ने प्रणाली अवलम्बन गर्नुपर्ने समेत धारणा राखेका छन् ।