बिधान संशोधनको प्रस्ताव माथि छलफल गर्न एमाले बैठक बस्दै

जेठ २७, काठमाडौ–विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा विधान संशोधनमाथिको छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । यसअघिको बैठकमा संगठन विभाग प्रमुखसमेत रहेका ज्ञवालीले विधान संशोधनको प्रस्ताव पेश गर्नु भएको थियो । विधान संशोधनमाथि यसअघि बोल्ने नेताहरुले पार्टीको बिधानलाई समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिवेदनमा पार्टीको विधानको प्रस्तावना, पदाधिकारी संख्या, झन्डा र शपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको छ । १ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षपछि दोस्रो मर्यादामा वरिष्ठ नेता, तीन उपाध्यक्ष, पााच सचिवसहितको ११ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव अघि सारिएको छ । एमालेको नबौं महाधिवेशन असार १९ देखि २४ गतेसम्म काठमाडौंमा हुने छ ।